Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |

काठमाडौँ, ११ कात्तिकः श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्नुहुने भएको छ । 

    तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उहाँ दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ ।

    रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । त्यसमा उहाँले छ विकेट लिनुभएको छ । ब्याटिङमा ७७ रन बनाउनुभएको छ । उहाँको टी–२० अन्तरराष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उहाँले ८८ खेल खेल्दै ९८ विकेट लिनुभएको छ ।

    यसै क्रममा उहाँको उत्कृष्ट बलिङ प्रदर्शन आठ रन खर्चेर चार विकेट लिनु हो । उहाँले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाउनुभएको छ । 

    प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रत्नायकेले ३७८ विकेट लिनुभएको छ, भने एक हजार ९२३ रन बनाउनुभएको छ ।  त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan