Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |

काठमाडौँ, ११ कात्तिकः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उहाँको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।

    त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो । मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । 

    मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सो ऐन पारित भएपछि प्राविधिक शिक्षाका क्षेत्रमा नीतिगत सुधार हुने, सीटीईभीटीको पुनर्संरचना हुने र प्राविधिक तथा व्यावसायिक शिक्षा थप व्यवस्थित बन्ने उहाँले स्पष्ट पार्नुभयो ।

    राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति संवेदना व्यक्त गर्नुभयो । स्विट्जरल्याण्ड र नेपालबीच लामो समयदेखिको सम्बन्ध भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan