Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किसानलाई ऋण, अनुदान र प्रविधि हस्तान्तरणमा मन्त्रीको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

ललितपुर, १२ कात्तिकः बागमती प्रदेशका कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आले मगरले किसानलाई प्रोत्साहन गर्न ऋण, अनुदान र प्रविधि हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभएको छ । 

     फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘गोदावरी फूलको १९ ओैँ प्रतियोगितात्मक प्रदर्शनी २०८३’ को उद्घाटन समारोहमा उहाँले सो धारणा राख्नुभएको हो । 

    मन्त्री मगरले पुष्प व्यवसायमार्फत रोजगारी सृजना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन नीतिगत सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले बागमती प्रदेश सरकारले कृषितर्फ रु सात करोड र पशुपालनतर्फ रु आठ करोड ब्याज अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो । 

    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले पुष्पखेतीको विकास र निकासी प्रवर्द्धनका लागि सङ्घ र प्रदेश सरकारले उचित व्यवस्था मिलाउनुपर्छ भन्नुभयो ।  

    कृषि विभागका उपमहानिर्देशक टीकाराम शर्माले पुष्प उद्यमीले गरेको योगदानको सम्मान गर्दै निर्यात र रैथानेउपजलाई प्रवर्द्धन गर्न सहकार्य गरी अगाडि बढ्नुपर्छ भन्नुभयो ।  

    पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले एसोसिएसनसँग समन्वय गरेर पुष्प व्यवसायको उत्पादन र व्यापार प्रवर्द्धनमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । 

    उहाँले एक दशकमा पुष्प व्यवसायको वार्षिक कारोबार रु एक अर्ब ५० करोडबाट वृद्धि भई रु चार अर्ब पुगेको जानकारी दिनुभयो ।   फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । 

    प्रतियोगितात्मक प्रदर्शनीमा ४५० भन्दा बढी जातको फूलको प्रदर्शनी हुने भएको छ ।   कार्यक्रममा उत्कृष्ट नर्सरी, पुष्प व्यवसायी र  स्टल सजावटकर्तालाई सम्मान गरिएको थियोे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan