Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | (रासस)

ललितपुर, १२ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ  गराउनुभएको छ । 

    पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले उहाँहरुलाई शपथ दिलाउनुभएको हो । महाधिवेशनबाट सभापतिमा  निर्वाचित थापाले भने गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको थियो । उहाँबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ  लिनुभएको हो ।

    शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गर्नुभयो । त्यस अवसरमा संयोजक खड्काले उक्त महाधिवेशनलाई कांग्रेसले मात्र नभई आम नेपाली नागरिकले चासोका साथ लिएका बताउनुभयो । उहाँले देशमा विधिको शासन, संवैधानिक सर्वोच्चता कायम राख्न सबै केन्द्रीय पदाधिकारी तथा सदस्यलाई आग्रह गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan