Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | (रासस)

काठमाडौँ, १२ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको छ । 

    आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही रु १७ लाख ४१ हजार ४४६ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध रु एक लाख बिगो माग गरेको छ ।     

    उनीहरुले मिलेमतोमा सरकारी/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाइ रु १७ लाख ४१ हजार ४४६ हिनामिना गरेको आयोगले जनाएको छ । उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan