Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तुलसीपुर बजारका सडकमा दाताहरूले ‘डिभाइडर’ दिएपछि...

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार |

दाङ, १४ कात्तिकः राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुर बजारको गुम्राहचोकमा गत साउन २१ गते टिप्परको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका-११ निवासी २१ वर्षीया कल्पना केसीको मृत्यु भयो । 

    कल्पनाको मृत्यु भएकै स्थानमा आठ दिनपछि तुलसीपुर-१४ ड्वाङपुरका ३३ वर्षीय कमलेश चौधरीको दुर्घटना परी मृत्यु भएको थियो । यी केही उदाहरण मात्रै हुन् । उक्त सडकमा डिभाइडर ( सडकलाई दुई वा सोभन्दा बढी भागमा छुट्टयाउने बीचको अवरोध वा संरचना) नहुँदा दिनप्रतिदिन यसरी दुर्घटना हुने गरेको थियो । 

    पछिल्लो समय तुलसीपुरमा दुर्घटना बढेपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा यस क्षेत्रका उद्योगी, व्यवसायीले सहयोग अभियान सञ्चालन गरेसँगै विभिन्न क्षेत्रबाट सहयोग भयो । 

    ज्ञानज्योति एजुकेशन फाउन्डेसन तुलसीपुरले १५० थान, राप्ती लाइफ केयर हस्पिटल प्रालिले १०० थान, तुलसीपुर उद्योग वाणिज्य सङ्घ र राप्ती बबई क्याम्पसले ४४ थान, ग्रेट अरनीको इङ्ग्लिस मिडियम स्कुलले ३० थान, राप्ती परोपकार सङ्घले २० थान र डिभाइन टेम्पल एकाडेमीले २० थान डिभाइडर उपलब्ध गराएका हुन् । 

    सोही कारणले अहिले तुलसीपुरको गुम्राहचोकमा मात्रै होइन, भिडभाड हुने सल्यानरोड, बसपार्कलगायत क्षेत्रमा पनि डिभाइडर राख्ने अभियान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । नागरिक र समुदायको रचनात्मक सहयोगले तुलसीपुरलाई सुरक्षित बनाउन सकिन्छ भन्ने उदाहरण यो अभियानलाई लिन सकिने उहाँको भनाइ छ ।  उहाँले अब भिडभाड हुने क्षेत्रमा सिसी क्यामेरा राख्ने विषयमा पनि यस्तै अभियान चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    डिभाइडर जडानपछि त्यस क्षेत्रमा हुने सडक दुर्घटनामा उल्लेखनीय कमी आएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शम्भु धितालले जानकारी दिनुभयो । सडक अुनशासन पालना गर्न डिभाइडरले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । सडक दुर्घटना न्यूनीकरण गर्नु समाजका हरेक नागरिक र संस्थाको दायित्व भएकाले आफूहरुले सहयोग गरेको ग्रेट अरनीको इङ्ग्लिस मिडियम स्कुलका अध्यक्ष मानबहादुर बस्नेतले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan