Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशले थप अस्थिरता थेग्न सक्दैन, सबै पक्ष जिम्मेवार बनौँ : पूर्वप्रधानमन्त्री भट्टराई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार |

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक अस्थिरता र आर्थिक संकटप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सत्ताधारी र प्रतिपक्षी दलभित्रै चुलिँदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तता, अर्थतन्त्रको निरन्तर ओरालो यात्रा तथा बढ्दो प्राकृतिक विपद्ले देशलाई गम्भीर संकटतर्फ उन्मुख गराइरहेको बताएका छन्।

त्यस्तै, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दो निराशाले पनि मुलुकको अवस्था चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।

उनले अब कुनै पनि बहानामा देशले थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने उल्लेख गर्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर बन्न आग्रह गरेका छन्।

भट्टराईले यसअघि पनि निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राखेका थिए। सरकारको कामकारबाहीप्रति निरन्तर खबरदारी गर्नुपर्ने तर सरकारले काम नगरे वा गल्ती गरे अर्को निर्वाचनबाट विधिसम्मत रूपमा बिदा गर्नुपर्ने उनको भनाइ थियो।

उनले देश र जनताको हितका लागि सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै भनेका छन्, ‘सक्छौँ, सकारात्मक योगदान गरौँ! सक्दैनौँ, नकारात्मक काम नगरौँ!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan