Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पार्धामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार |

कञ्चनपुर, १५ कात्तिकः आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ ।

     जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका २३ वटा खेल विधामा ८४० जना खेलाडीले छनोटका लागि फारम भरेका बताउनुभयो । “२३ वटा खेलमा ८४० जना खेलाडीले फारम भरेर खेल तयारीमा जुटेका छन”, उहाँले भन्नुभयो, “जिल्लाबाट प्रतिस्पर्धामार्फत ११५ जना छनोट हुनेछन् ।” 

    समितिले मङ्गलबारदेखि जिल्ला छनोट गर्ने तयारी गरेको उहाँले बताउनुभयो । कञ्चनपुरमा बक्सिङ, कराते, तेक्वान्दो, कुस्ती हक्की, भारात्वोलन, फुटबल, खोखो, क्रिकेट, टेबलटेनिस, उसु, कबड्डी, र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan