Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

झापा, १२ कात्तिकः भद्रपुरमा पहिलोपटक शुक्रबारदेखि हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा भएको छ । 

    ओझेलमा परेको हक्की खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले भद्रपुर नगरपालिका–९ पुहुाँतुबारीस्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा कात्तिक १३ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको भद्रपुर नगर हक्की सङ्घले जनाएको छ । 

    ‘प्रथम अन्तरराष्ट्रिय छक प्रतियोगिता २०८३’ मा भारतका तीन, विभागीय तीन, कोशी, गण्डकी र कर्णाली प्रदेशका एकएक, आयोजक एक टिम गरी १० टिमको सहभागिता रहने हक्की सङ्घका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितालाई आकर्षक बनाउने उद्देश्यले दर्शकको सुविधाका लागि बाँसको प्यारापिटदेखि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको उहाँले बताउनुभयो । प्रतियोगिता सफल बनाउन रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 

    प्रतियोगितालाई सफल बनाउन भद्रपुर नगरपालिका, कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्ड, झापा जिल्ला खेलकुद विकास समिति, पर्यटन कार्यालयलगायत सरकारी निकायले सहयोगको प्रतिबद्धता जनाएका छन् । बढ्दो लागुऔषधको दुव्र्यसनबाट युवालाई जोगाउँदै खेलकुदमा समर्पित गराउने उद्देश्य जोडिएको यो प्रतियोगिताले हक्की खेलप्रति आमदर्शक र खेलकुदप्रेमीको ध्यान आकर्षित गर्ने विश्वास लिइएको अध्यक्ष बस्नेतले बताउनुभयो । 
 
    प्रतियोगिताको विजेताले रु दुई लाख नगदसहित सिल्ड तथा मेडल प्राप्त गर्नेछन् भने उपविजेता टिमलाई नगद रु एक लाखसहित सिील्ड तथा मेडल प्रदान गरिने सङ्घले जनाएको छ । तेस्रो हुने टिमले रु ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan