Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेडक्रसद्वारा राहत सामग्री वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस)

बनेपा (काभ्रे), १६  कात्तिकः गत कात्तिक १३ र १४ गते आएको बाढीबाट प्रभावित बेथानचोक गाउँपालिका–४, खहरेका सात परिवारलाई नेपाल रेडक्रस सोसाइटीले आवश्यक राहत सामग्री वितरण गरेको छ । 

    प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पु¥याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्री राजु सिग्देलले बताउनुभयो।

    उहाँका अनुसार सातै परिवारलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो । राहत सामग्रीअन्तर्गत त्रिपाल, म्याट्रेस, मन्डी, भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरिएको छ । 

    शाखाका मन्त्री सिग्देलले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउनुभयो     ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan