जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले राजदूत पदका लागि प्रस्तावित आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन्।
सरकारले जापानका लागि राजदूत नियुक्तिका लागि थापाको नाम सिफारिस गरेको थियो। तर, संसदीय सुनुवाइ प्रक्रिया अघि बढिरहेका बेला उनले आफ्नो नाम फिर्ता लिएका हुन्।

