Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस-एएफपी)

तेहरान, १८ कात्तिक : हर्मुज जलघाँटीबाट प्रतिबन्धित मार्ग हुँदै पार गर्न खोजेका चारवटा तेल ट्याङ्कर समुद्री बारुदी धरापमा परेर ध्वस्त भएको इरानले दाबी गरेको छ । ती ट्याङ्करमा आगलागी भएको र अझै जलिरहेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले जनाएको छ ।

आइआरजीसीले बुधबार सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा हर्मुज जलघाँटीको दक्षिणी भागमा रहेको प्रतिबन्धित मार्गबाट जान खोजेका चारवटा तेल ट्याङ्कर नौसैनिक बारुदी धरापमा परेको उल्लेख गरेको छ । तीबाहेक अन्य दुईवटा जहाजलाई समेत रोकिएको इरानको दाबी छ । इरानी सेनाले जलघाँटी क्षेत्रमा एउटा ड्रोन खसालेको पनि जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रमाथि अमेरिकाले आक्रमण गरेको बताउनुभएको एक दिनपछि इरानको यस्तो दाबी सार्वजनिक भएको हो । यसअघि हर्मुज जलघाँटीको सबैभन्दा ठूलो टापु केशममा आक्रमण भएको विवरण सार्वजनिक भएको थियो ।

तेहरानले हर्मुज जलघाँटीमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ । युद्ध सुरु भएदेखि नै आफ्नो अनुमति नलिई जलघाँटी पार गर्न खोज्ने जहाजलाई इरानले निशाना बनाउँदै आएको छ ।

गत फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको द्वन्द्व महिनौँदेखि गतिरोधमा छ । अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता जारी रहे पनि कूटनीतिक समाधानको खासै सङ्केत देखिएको छैन । इरानले लामो समयदेखि राख्दै आएका मागमा वासिङ्टन सहमत भए मात्रै हर्मुज जलघाँटी पुनः खोल्न तयार रहेको जनाएको छ ।

अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले आफ्नो देश युद्धका लागि तयार रहेको बताउनुभएको छ । उहाँले इस्लामिक गणतन्त्रले ‘युद्धको ट्रिगरमा औँला राखेको’ उल्लेख गर्नुभएको छ ।

यद्यपि, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो सरकारले वार्तामार्फत सङ्कट समाधान गर्न चाहेको बताउनुभएको छ । उहाँले मङ्गलबार पुनः युद्ध सुरु भए त्यसबाट कसैलाई पनि फाइदा नहुने चेतावनी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan