Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश प्रमुख खापुङसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

विराटनगर, १८ कात्तिकः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष थारु आयोगको  आर्थिक वर्ष २०८२÷८३ को आठौँ वार्षिक प्रतिवेदन आयोगका सदस्य भोलाराम चौधरीले आज पेस गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानअनुसार गठन भएको थारु आयोगले तयार पारेको वार्षिक प्रतिवेदनले असल समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले समाजमा विद्यमान अन्याय, अत्याचार र अन्धविश्वासलाई हटाउन आयोगको प्रतिवेदन कोसेढुङ्गा सावित हुने भन्दै समुत्रत र समृद्ध राष्ट्र निर्माणमा आयोगको भूमिका अझ फराकिलो बनोस् शुभकामना दिनुभयो ।

आयोगका सदस्य चौधरीले समावेशी, लोकतन्त्र र सामाजिक न्यायको माध्यमबाट थारु भाषा, संस्कृतिको संरक्षण हुनु पर्ने भन्दै थारु समुदायले मान्दै आएको ‘ग्रामथान’ संस्कृतिको संरक्षणमा जोड दिनुभयो ।

उहाँले थारुहरुको मौलिक सम्पदाको रुपमा रहेको ‘ग्रामथान’ संस्कृतिसँगै थारु जातिको उत्थान, सीप विकास, भाषाको सशक्तीकरण हुनुपर्ने माग राख्नुभयो ।

नेपालका कूल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशतअर्थात् १८ लाख सात हजार १२४ थारु समुदायका छन् । कोशी प्रदेशमा कूल दुई लाख नौ हजार १९ थारु जाति छन् । 

जसमा थारु जातिको बसोबास सुनसरी, मोरङ, झापा र उदयपुरमा रहेको आयोगका सदस्य चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan