Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | रासस

 काठमाडौँ, २० कात्तिकः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोे छ ।

    त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan