Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |
newsabhiyan

काठमाडौँ, २० कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो ।
      
त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटकजस्ता सामाजिक सञ्जाल नेपाली कलाकार, उद्यमी, व्यवसायी तथा आमनागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनमा महत्त्वपूर्ण माध्यम बनेको बताउनुभयो । 

उहाँले सामाजिक सञ्जालको लाभ आर्थिक रूपमा सबल वर्गमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
 
टिकटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, रोजगारी सृजना, पर्यटन प्रवर्द्धन र आर्थिक विकासको साधनका रूपमा उपयोग गर्नुपर्ने उहाँको धारणा थियो । 

मन्त्री डा तिमिल्सिनाले सामाजिक सञ्जालले विपद्का सूचना, जनचेतनामूलक सन्देश तथा सार्वजनिक सरोकारका विषय आमनागरिकसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको जिम्मेवार र सुरक्षित प्रयोगमा जोड दिनुभयो ।
 
उहाँले डिजिटल साक्षरता विस्तार, प्रयोगकर्ताको व्यक्तिगत गोपनीयता तथा अधिकारको संरक्षण र सुरक्षित डिजिटल वातावरण निर्माणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा टिकटकलगायतका सामाजिक सञ्जालसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
 
भेटमा टिकटकका वरिष्ठ निर्देशक एमिर गेलेनले नेपालमा डिजिटल साक्षरता अभिवृद्धि तथा सामुदायिक विकासमा योगदान पुर्याउन टिकटक प्रतिबद्ध रहेको बताउनुभयो ।
     
उहाँले नेपाली व्यापार, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियानमा नेपाल सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan