Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालको पर्यटन प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्ने सञ्चारमन्त्रीको विश्वास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस)

काठमाडौँ, २० कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टिकटकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा आजदेखि सुरु भएको नेपाल भ्रमण कार्यक्रमको शुभारम्भ गर्दै उहाँले टिकटकमा प्रस्तुत गरिने छोटा भिडियोले विश्वभरका पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने बताउनुभयो । यस अभियानले प्रविधि हस्तान्तरणमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले नेपालका हिमालय, पदमार्ग, जीवित संस्कृति, चाडपर्व, लुम्बिनी तथा काठमाडौँ उपत्यकाको सांस्कृतिक र आध्यात्मिक पर्यटन प्रवर्द्धनमा टिकटक उपयोगी हुने बताउनुभयो । त्यसैगरी, वन्यजन्तु, जैविक विविधता र विभिन्न जातीय संस्कृतिलाई विश्वमाझ चिनाउन पनि टिकटकले योगदान पुर्‍याउने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेन, नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्मा, टिकटकका सञ्चार निर्देशक किरण चापागाईँ तथा कन्टेन्ट क्रिएटर करण परियारलगायतले नेपालको प्राकृतिक तथा सांस्कृतिक पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न टिकटक उपयोगी हुने बताउनुभयो।

यस अभियानअन्तर्गत टिकटकले युरोप, मध्यपूर्व, दक्षिणपूर्व एसिया र दक्षिण एसियाका नौ जना अन्तरराष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहेर विभिन्न पर्यटकीयस्थलको भ्रमण गर्दै आफ्ना अनुभव विश्वभरका दर्शकमाझ साझा गरिरहेका छन् ।

यसबाट अन्तरराष्ट्रिय पर्यटकले नेपालका चर्चित पर्यटकीय गन्तव्यका साथै ओझेलमा परेका सुन्दर स्थानबारे पनि जानकारी पाउने अपेक्षा गरिएको छ ।

पर्यटनसम्बन्धी सामग्रीको पहुँच र दर्शकको सहभागिता बढाउन टिकटकले छुट्टै ‘भिजिट नेपाल’ ह्यासट्याग पेज पनि सुरु गरेको छ । टिकटकको ‘कोल्याब’ फिचरमार्फत नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय ‘कन्टेन्ट क्रिएटर’ सँग सहकार्य गरी बढीभन्दा बढी दर्शकमाझ पुग्ने र स्थानीय दृष्टिकोणबाट नेपालको विशेषता प्रस्तुत गर्ने काम गरेको जनाइएको छ ।

अभियानअन्तर्गत लोकप्रिय पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको छ । यसबाट विश्वभरका मानिसले ‘भर्चुअल’ रूपमा नेपालको अनुभव लिनुका साथै भविष्यमा भ्रमण गर्न चाहेका स्थानबारे जानकारी पाउन सक्नेछन् । ‘ह्यासट्याग भिजिट नेपाल’ अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan