Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
newsabhiyan

भक्तपुर, २९ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ । 
    
छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो ।

विविधताबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र राष्ट्रिय शक्ति हो । छठजस्ता मौलिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।”
    
मुख्यमन्त्री थापामगरले छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्वसमेत भएको बताउनुभयो ।

तराई–मधेसबाट सुरु भई हाल हिमाल, पहाड र तराई सबैतिर उत्तिकै श्रद्धाका साथ मनाइने यस पर्वले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई जीवन्त राखेको बताउँदै उहाँले राष्ट्रिय पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan