Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ: प्रदेश प्रमुख देवकोटा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार | (रासस)
newsabhiyan

हेटौँडा, २२ कात्तिक: बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ ।

नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध भाषा, धर्म र संस्कृतिले सम्पन्न नेपाली समाजमा चाडपर्वले आपसी एकता र सहअस्तित्वलाई प्रगाढ बनाउने उल्लेख गर्नुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले तिहारलाई अन्धकारमाथि उज्यालो र निराशामाथि आशाको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै नेपाल संवत् नेपालीको मौलिकता, स्वाभिमान र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर रहेको बताउनुभएको छ ।

उहाँले नेवार समुदायको म्हपूजाले आत्मबोध, भाइटीकाले पारिवारिक सम्बन्ध तथा छठले प्रकृति र मानवबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय स्वाभिमान, एकता र सहअस्तित्वलाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताउँदै प्रदेश प्रमुख देवकोटाले यी पर्वले शान्त, सभ्य र समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan