Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करदाता प्रोत्साहन कार्यक्रमका १६ विजेता घोषणा, एक जनाले पाए १० लाख

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |
newsabhiyan

काठमाडौं । अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो पाक्षिक (कात्तिक १ देखि १५ गतेसम्म) का उपहार विजेताहरू घोषणा गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पाक्षिक बम्पर उपहारतर्फ एक जना विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । यस्तै, दैनिक उपहारतर्फ जनही एक लाख रुपैयाँका दरले १५ जना विजेता छनोट भएका छन् ।

यससँगै कात्तिकको पहिलो पाक्षिक अवधिमा कुल १६ जना करदाता उपहारका लागि छनोट भएका हुन् ।

करदातालाई कर तिर्न प्रोत्साहित गर्ने तथा कर प्रणालीप्रति नागरिकको सहभागिता र आकर्षण बढाउने उद्देश्यले सरकारले यस्तो उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan