Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | रासस

 

हुम्ला, २३ कात्तिकः गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने सन्देशसहित हुम्लाका विभिन्न समुदायमा सडक नाटकमार्फत जनचेतना फैलाइएको छ ।

 

नाटकमा गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा आठपटक प्रश्रवपूर्व स्वास्थ्य परीक्षण गराउनुपर्ने विषयलाई विशेष जोड दिइएको सडक नाटकका सहजकर्ता एवं युथ क्लबका सदस्य ऐटन रावलले बताउनुभयो ।

 

अझै पनि गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण नगराउने, स्वास्थ्यकर्मीको परामर्श नलिने र घरमै प्रसूति गराउने प्रवृत्ति रहेकाले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने अवस्थालाई नाटकमा यथार्थपरक रूपमा प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।

 

नाटकले समुदायमा विद्यमान अन्धविश्वास, गलत सामाजिक मान्यता र स्वास्थ्यसम्बन्धी चेतनाको कमीलाई उजागर गर्दै गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्य संस्थामै प्रसूति गराउन प्रेरित गरेको छ । 

 

स्थानीय जनजीवनसँग नाटकलाई जोडेर प्रभावकारी बनाउन देउडा गीत प्रस्तुत गरिएको थियो । सडक नाटक, देउडा प्रतियोगिता, वक्तृत्वकला र चित्रकला प्रदर्शनीलगायत कार्यक्रममार्फत दुर्गम बस्तीका नागरिकलाई सामाजिक कुरीति, अन्धविश्वास र विभेदविरुद्ध सचेत बनाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan