Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक हसन राइको गीत 'दशैं आयो ' सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |
newsabhiyan

काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने  बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन् ।

यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको रेकर्ड ,म्युजिक भिडियो सुटिङ देखि सार्वजनिक गर्ने क्रम बढेको छ यस्तैमा बरिस्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत 'दशैं आयो ' शुक्रबार सार्वजनिक भएको छ ।

पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राइको सुमुधुर स्वरमा रहेको 'दशैं आयो ' गीतलाई सुनिल राईको एरेन्ज रहेको छ  ।

 नेपाली गीत-सङ्गीतको प्रवर्द्धन, भिडियो उत्पादन तथा वितरणका लागि सक्रिय लुङ्गटो कृयसनको अफिसियल युट्युब च्यानल ( Lungto Creation ) बाट सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपल ठकुरीको अभिनय रहेको छ ।

गायक हसन राईले यसअघि १ महिना अघि मात्र आफ्नै जिल्लाबासी संगीतकार महेश खड्का संगको सहकार्यमा 'खोर्सानी खायो मैनाले' गीत ल्याएका थिए ।

उनको त्यो बुट्टे झोली ,मखमली चोली ,आखैमा लाउनु पर्दैन ,पैसा की बैस ,यी आखालाई लगायत दर्जनौ गीत आइसकेका छन्  ।

गायक राइले सार्वजनिक भएसँगै यस गीतले पनि सामाजिक सञ्जाल तथा डिजिटल संगीत प्लेटफर्ममा  राम्रो चर्चा बटुल्न थालेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan