Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाइटेराद्वारा नेपाल प्रहरीलाई विभिन्न उपकरणहरू हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |

काठमाडौं, १९ असोज : हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई Hytera POC P50 pro device २० थान, Body Worn Camera २५ थान, Hytera E-Pack Unit २ थान लगायतका विभिन्न सञ्चार उपकरणहरू हस्तान्तरण गरिएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बिच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक Ning Ma ले उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो ।    

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपद्को  कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    

हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक Ning Ma ले हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो । आगामी दिनमा नेपाल प्रहरीसँग आपसी समन्वय गरिरहने विचार उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan