Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

काठमाडौँ,  १ मङ्सिरः सरकारले आर्थिक वर्ष २०८१÷८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत कर  दातालाई  सम्मान गरेको छ ।
    
आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्मानित हुनेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
    
बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा  सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ ।
    
वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएको छ ।

त्यसैगरी कृषि एवं पशुपक्षीजन्यमा  ओसिबी एण्ड फुड्स फिड्स प्रालि रहेका छन् । यस्तै  बैङ्किङ्ग क्षेत्रमा कारोबार गर्नेमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिकतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल,  पर्यटन व्यवसायतर्फ  सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा सिजी इम्पेक्स प्रालि रहेको छ ।
    
यस्तै ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमा फुड एण्ड विभरेज टेक्नोलोजी रहेको छ । 
    
ऊर्जा  उधोगतर्फ भोटेको हाईड्रोपावर, रेमिटेन्स तथा मनी ट्रान्सफर तर्फ आईएमई लिमिटेड रहेको छ । यस्तै व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहनुभएको छ ।
    
विसं २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा   हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । रु ५० करोडसम्म वार्षिक कारोबार गर्ने  करदातामा इम्पेरियल सेक्युरिटिज, विशेष  उद्योगहरूमध्ये वरुण विभरेज, जीवन बीमा क्षेत्रमा संस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेशन, निर्जीवनमा सिद्धार्थ प्रिमियर र  लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त रहेको छ । 

सोही अवसरमा मुलुकको राजस्वमा उच्च योगदान दिने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan