Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपा सभापति लामिछानेः शुभकामना सन्देश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | (रासस)

काठमाडौँ, २४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । 

    तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिनुहुँदै सभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको हो ।

    उहाँले “उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्” भन्ने कामना पनि गर्नुभएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan