Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपाका संयोजक दाहालद्वारा नेपाल संवत्को शुभकामना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | रासस

काठमाडौँ, २४ कात्तिकः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
 
     नेपाल संवत् ११४७ प्रारम्भ भएको अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताउनुभएको छ ।
 
    पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रहेको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई ‘राष्ट्रिय संवत्’का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गरेको स्मरण गर्नुभएको छ ।
 
    राष्ट्रिय विभूति शङ्खधर साख्वाको विशिष्ट योगदानको स्मरण गर्दै संयोजक दाहालले यस संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
 
    साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan