Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानको बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस/एएफपी)

इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीन पटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाएको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ ।
सीएनएनले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानले अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीलाई लक्षित गरी रासायनिक वा रेडियोधर्मी पदार्थ मिसाइएको बम प्रयोग गर्ने योजना बनाएको समाचार सार्वजनिक गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्भावित खतरालाई गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । उहाँले यस्तो खतरा वास्तविक भए इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने उक्त समाचारलाई ‘मनगढन्ते’ भन्दै खण्डन गनुभयो । उहाँले इरानमाथि आक्रमण गर्नेहरूले सञ्चारमाध्यममार्फत आधारहीन आरोप फैलाएर आफ्नो योजनाको वातावरण बनाइरहेको बताउनुभयो ।
मंगलबार बहराइनको राजधानीमा विस्फोटका आवाज सुनिएका थिए । सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

बहराइनको सेनाले इरानबाट आएका कैयौँ हवाई आक्रमणलाई प्रतिकार गरी नष्ट गरेको जनाएको छ । यता इरानको रिभोलुसनरी गाड्र्सले अमेरिकी सेनाले सञ्चालन गरिरहेको शेख इसा एयर बेसको राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
यसैबीच, कतारले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । अमेरिकी नौसेनाले थप विमानवाहक युद्धपोत क्षेत्रतर्फ पठाएपछि सैन्य तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan