Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निकुञ्ज घुम्ने पर्यटक बढे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | रासस

चितवन, २ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।  
    
    दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावार हेर्ने मोह बढ्सँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपाली फर्कने र घुम्ने प्रचलन बढ्दै जानु, विदेशी पर्यटकको आकर्षण बढ्नुले पनि पर्यटकको सङ्ख्या बढेको हो ।

    गत वर्षको चार महिनाको तुलनामा यस वर्ष १६ हजार २१२ जना पर्यटक बढेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनयता ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । 
    
    जसमध्ये नेपाली ४५ हजार ३६८, सार्क मुलुकका तीन हजार ७८७ जना र तेस्रो मुलुकका ३४ हजार ८९९ जना पर्यटकले निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनको भ्रमण गरेका छन् । गत आर्थिक वर्षको सोही समयमा निकुञ्ज भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या ६७ हजार ८४२ जना रहेको थियो । 

    सो अवधिमा नेपाली ३९ हजार ७०४ जना, सार्क मुलुकका तीन हजार ३५२ जना र तेस्रो मुलुकका २४ हजार ७८६ जना रहेको तिवारीले बताउनुभयो । गत आर्थिक वर्ष भरमा दुई लाख ७२ हजार ९२३ जनाले निकुञ्ज भ्रमण गरेका थिए ।
    
    निकुञ्जले यस आर्थिक वर्षको चार महिनामा रु १० करोड छ लाख चार हजार ३०६ राजस्व सङ्कलन गरेको छ । विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको हो । जसमध्ये सबैभन्दा बढी पर्यापर्याटनबाट प्राप्त राजस्व रु नौ करोड ७३ लाख १६ हजार ५०० रहेको छ । 
    
    यस्तै  काठ र दाउरा बिक्रीबापत रु २८ हजार ६५५, गैरकाष्ठ वन पैदावार बिक्रीबापत रु १८ लाख १३ हजार १८१, दण्ड सजायबाट प्राप्त राजस्व रु दुई लाख १३ हजार ३०० र अन्य शीर्षकबाट प्राप्त राजस्व (बेरुजुसमेत) को रु १२ लाख ३२ हजार ७०० सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व जम्मा भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan