Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जलवायु न्यायको माग गर्दै आन्ताल्यामा नेपालीको प्रदर्शन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | (रासस)

काठमाडौँ, २ मङ्सिरः गत कात्तिक २३ गतेदेखि जारी अन्तरराष्ट्रिय जलवायु सम्मेलन (कोप–३१) मा जलवायु न्यायका लागि नेपालीहरुले टर्र्र्किएको अन्ताल्यामाप्रदर्शन गरेका छन् ।

    सम्मेलनमा भाग लिन पुगेका नेपालीहरुले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको नेपालले अन्तरराष्ट्रिय समुदायबाट सहानुभूति होइन, न्याय पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका हुन् । 

    रसुवा भोटेकोशी बाढीका पीडित सम्झँदै नेपाली सहभागीहरुले जलवायु न्यायको माग गर्नुभएको हो ।  प्रदर्शनस्थलमा चारवटा शवका नमूना राखिएको जनाइएको छ । आफन्त बाढीमा बेपत्ता भएपछि शवसमेत फेला नपरेको पीडालाई ती नमूनामार्फत प्रस्तुत गरिएको थियो । शवको नमूनामार्फत बाढी र जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्थालाई प्रदर्शन गरिएको थियो ।

    जलवायु सङ्कटका लागि जिम्मेवार प्रदूषणकारी राष्ट्र तथा पक्षहरूले क्षतिपूर्ति दिनुपर्ने मागसहित आयोजित प्रदर्शनमा विभिन्न मुलुकका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाउनुभएको थियो ।

    प्रदर्शनमा ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’, ‘ऋण होइन, क्षतिपूर्ति चाहिन्छ’लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा विभिन्न देशका वक्ताहरूले पनि नेपालको जलवायु न्यायसम्बन्धी मागप्रति ऐक्यबद्धता जनाउनुभएको थियो । उहाँहरूले जलवायु परिवर्तनबाट जोखिममा रहेका समुदाय र देशका आवाजलाई अन्तरराष्ट्रिय जलवायु वार्तामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

    नेपाली वक्ताहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई ऋण दिएर थप आर्थिक भार बोकाउनुको सट्टा प्रदूषणका लागि जिम्मेवार पक्षले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan