Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टीआईए र मार्वलसको विजयी सुरुआत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |

काठमाडौँ : आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ र मार्वलसले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार विजयी सुरुआत गरेका छन् ।

हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईए ‘ए’ ले हिमालयलाई ३१–६ ले पराजित ग¥यो । टीआईएका आविस्कार रोक्काले १३ अंक जोडे । मार्वलसले बीएमसीएलाई ३०–१७ ले हरायो । मार्वलसका सिनेप शाहीले १६ स्कोर गरे ।

सिनियर ब्वाइजमै त्रिज्योतिले युनाइटेडलाई ५९–१३, भ्याली पब्लिकले विल्सन एकेडेमीलाई ५९–४६, निम्सले गण्डकीलाई ४६–३३ र मातृभूमिले ग्रिनल्यान्डलाई ४६–१५ हराए । त्रिज्योतिका लाक्पा शेर्पाले ११, भ्याली पब्लिक अशोक विकले १७, निम्सका नवीन श्रेष्ठले १६ र मातृभूमिका सक्षम महर्जनले २३ अंक बटुले ।

सिनियर गल्र्समा भ्याली पब्लिकले त्रिज्योतिलाई ३२–१४, विल्सनले टीआईएलाई २१–११, मातृभूमिले निम्सलाई १७–६ र रिब्सले चेल्सी वल्र्ड स्कुललाई ३२–६ ले पाखा लगाए । भ्याली पब्लिककी दृष्य गुरुङले १२, विल्सनकी रश्मी जिसीले १३, मातृभुमिकी सइजा श्रेष्ठले १० र रिब्सकी सुप्रिया मल्लले १३ स्कोर गरे ।

प्रतियोगिताको युनाइटेड टुङ्ररम बुद्धिस्ट फाउन्डेसनका महासचिव सोनाम ग्यूर्मेद र टीआईएका व्यवस्थापन सदस्य तथा प्रिन्सिपल नीरा प्रधानले एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan