दशौँ राष्ट्रिय खेलकुदमा पुरुष फुटबल मंसिर ८ देखि, महिला फुटबल १८ गतेदेखि
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
निर्धारित तालिकाअनुसार पुरुष फुटबल प्रतियोगिता आगामी मंसिर ८ देखि १७ गतेसम्म सञ्चालन हुनेछ। पुरुषतर्फका खेल सुर्खेत रंगशाला र जुम्लामा आयोजना गरिनेछ।
त्यसैगरी, महिला फुटबल प्रतियोगिता मंसिर १८ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। महिलातर्फका खेल सुर्खेत रंगशाला र नेपाली सेनाको खेल मैदानमा हुनेछन्।
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत आयोजना हुने फुटबल प्रतियोगिताले पुरुष तथा महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
