Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिंसा गर्नेहरू डराउनुपर्छ, पीडित होइन : लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध मौनता तोड्दै पीडितलाई न्याय र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन एकजुट हुन आह्वान गरिएको छ।

‘हिंसा गर्नेहरू डराउनुपर्छ, पीडित होइन’ भन्ने सन्देशसहित पहुँच, शक्ति र पदको आडमा कुनै पनि पीडकले उन्मुक्ति पाउन नहुनेमा जोड दिइएको छ। लैङ्गिक हिंसामा संलग्न दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने आवाज उठाइएको छ।

सन्देशमा छोरी र बुहारीलाई आफ्नै परिवारका सदस्यसरह मानेर उनीहरूको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। महिलाहरूले डर र असुरक्षामा होइन, सम्मानपूर्वक जीवनयापन गर्न पाउनुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था तथा सम्पूर्ण नागरिकलाई लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन आह्वान गरिएको छ।

हिंसाविरुद्ध आवाज उठाउन, पीडकलाई खबरदारी गर्न र पीडितको पक्षमा उभिन आग्रह गर्दै हिंसामुक्त समाज तथा नेपालको निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको सन्देश दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan