Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कान्तिपुर टिभीबाट विजय बाहिरीए

कान्तिपुर पत्रिकाबाट भुकम्प पछि ६ जनाले जागिर छोडे

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । नेपालमा निजीस्तरको पहिलो च्यानल भनेर आफुलाई दावी गर्ने कान्तिपुर टेलिभिजन नेटवर्कमा कर्मचारी कटौती काण्ड सुरु भएको छ । टिभीका समाचार सम्पादक तिर्थ कोइरालालाई हटाएर दिलभुषण पाठकलाई ल्याएपछि पहिलो पटक कर्मचारीले विदावारी लिने क्रम सुरु भएको हो ।

पाठकलाई समाचार सम्पादक बनाउँदा नै केहि पत्रकार कर्मचारीलाई कटौती गर्ने सर्त मालिक कैलाश सिरोहियाले राखेको स्रोत बताउँछ । सोही सर्त अनुरुप पत्रकार विजय पौडेललाई कान्तिपुर टिभीबाट राजीनामा दिन बाध्य पारिएको हो ।

उनले राजीनामा दिइसकेको र केहि समयमा छोड्ने तय भएको निकट स्रोतले बतायो । कान्तिपुर आज भन्ने कार्यक्रम चलाउने क्रममा अतिथिसंग आर्थिक चलखेल गरेको भन्दै उनलाई करिव एक बर्ष अगाडिनै व्यवस्थापनले हटाउने तयारी गरेपनि सम्भव नभएका कारण यतिवेलासम्म टिकेका पौडेललाई पाठकले बाध्य पारेर राजिनामा दिन लगाएको स्रोत बताउँछ ।

उनलाई जागिरबाट बरखास्त गर्न नसकेको कारणले पनि पाठक भन्दा अघिका टिभीका समाचार सम्पादक कोइरालाको जागिर धरापमा परेको र राजीनामा दिन बाध्य भएको चर्चा कान्तिपुर टिभीमा आज भोली चल्ने गरेको छ ।

त्यो बाहेक कान्तिपुर टिभीको चर्चित तथा एजिएम भुषण दाहालले सञ्चालन गर्ने कार्यक्रम फाएर साइटका प्रोडक्सन टिममा चार कर्मचारीले पनि जागिर त्यागेको समाचार बाहिर चर्चामा आएको छ ।

कान्तिपुर पत्रिकाबाट भुकम्प पछि ६ जनाले जागिर छोडे

कान्तिपुर दैनिकबाट पनि १२ बैशाखमा आएको भुकम्प पछि ६ जना पत्रकारले जागिर छाडेको जानकारी प्राप्त भएको छ ।

स्रोतका अनुसार फोटो. पत्रकार द्वय नरेन्द्र श्रेष्ठ र भास्वर ओझा तथा अन्य पत्रकारहरु इकान्तिपुर अनलाईनका प्रतिमा माखिम, कान्तिपुर पत्रिकाका सुजित महत, कल्पना घिमिरे र रोशन अधिकारीले जागिर छोडेको बताइन्छ । घिमिरे र अधिकारी अमेरिका पुगेका छन् ।

श्रेष्ठ विदेशी समाचार एजेन्सीमा फोटो पत्रकारका रुपमा प्रवेश गरेका छन्. भने महत अन्नपूर्ण पोष्ट दैनिकमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan