Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार |

काठमाडौँ, २१ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजले ३६ रनको जित निकालेको छ । जारी एनपिएलमा काठमाण्डुको यो तेस्रो जित हो ।

    उता लुम्बिनीले पहिलो हारको सामना गरेको छ । आजको खेलमा काठमाण्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो । उसका लागि सन्दीप जोराले ४४, अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४, शेर मल्लले १२ र रुबेन ट्रम्पेलम्यानले ११ रन बनाए ।

    काठमाण्डुका लागि बलिङतर्फ जहान्दाद खानले ४, कप्तान करण केसीले २ तथा साहब आलम, सहान आराच्चिगे, सन्तोष यादव र राशिद खानले १–१ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो ।

    उसका लागि ओपनर डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले आज ५० बलमा ९ चौका र १ छक्कासहित ६६ रनको पारी खेलेका हुन् ।

    जारी एनपिएलमा वार्नरको यो पहिलो अर्धशतक हो । यस्तै, लुम्बिनीविरुद्ध साहिल पटेलले ३८ र सहान आराच्चिगेले अविजित ३४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन बनाउन सकेनन् ।

    लुम्बिनी लायन्सका लागि बलिङतर्फ शेर मल्ल, अभिशेष गौतम र रुबेन ट्रम्पेलमानले २–२ विकेट लिए । आजको जितपछि काठमाण्डु अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले चार खेल खेल्दा तीनमा जित र एक खेलमा पराजय व्यहोरेको छ ।

    हारका बाबजुद शीर्ष स्थानमा कायमै रहेको लुम्बिनीले पाँच खेलमा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा अङ्क बाँडेको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan