Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | रासस/एएफपी

कुवेतका अधिकारीहरूले स्थानीय इरानी विद्यालय बन्द गर्न आदेश दिएका छन् । शिक्षा मन्त्रालयको एक स्रोतले बिहीबार एएफपीलाई यसबारे जानकारी दिएको हो । यो आदेश मध्यपूर्व युद्धका क्रममा इरानले कुबेतमा बारम्बार आक्रमण गरेपछि आएको हो ।

मन्त्रालय स्रोतले देशको एक मात्र इरानी विद्यालय बन्द गर्नुको कारण स्पष्ट पारेको छैन । यद्यपि युएईमा युद्ध सुरु हुँदा अधिकारीहरूले इरानी सरकारसँग सम्बन्धित ठानेका विद्यालय र अस्पतालविरुद्ध यस्तै कदम चालिएको थियो । 

खाडी मुलुकहरूले द्वन्द्वका क्रममा तेहरानको आक्रमणको मुख्य भार बेहोरेका छन् । अमेरिका र इरानबीचको युद्धविराम भङ्ग भएपछि पछिल्ला हप्ताहरूमा कुवेत र बहराइन विशेष रूपमा प्रभावित भएका छन् ।

कुवेतमा विद्युत र ‘डिसेलिनेसन’ प्लान्टहरूमा बारम्बार आक्रमण भएपछि अधिकारीहरूले गत महिना बासिन्दाहरूलाई बिजुलीको बचत गर्न आग्रह गरेका थिए।

“शिक्षामन्त्रीले निजी इरानी विद्यालयको शैक्षिक इजाजतपत्र रद्द गरी बन्द गर्ने निर्णय जारी गर्नुभएको छ,” एएफपीले पूाप्त गरेको विद्यालय बन्द गर्न दिइएको निर्णयको लेखिएको छ ।

“आगामी शैक्षिक वर्षका लागि नयाँ भर्ना स्थगित गरिएको छ र मन्त्रालयले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई अन्य विद्यालयमा स्थानान्तरण गर्न आग्रह गरेको छ,” निर्णयमा भनिएको छ ।

कुबेती कर्मचारी तथा इरानी समुदायका सदस्यहरूका अनुसार मार्चमा युएईले दुबईमा रहेको इरानसँग सम्बन्धित एक अस्पताल बन्द गर्न आदेश दिएको थियो र कम्तीमा चार इरानी विद्यालय पनि बन्द गरिएका थिए ।

“इरानी शासन र आइआरजीसीसँग प्रत्यक्ष रूपमा सम्बन्धित केही संस्थाहरू लक्षित कदमअन्तर्गत केही संस्था बन्द गरिने छन्,” युएईका एक अधिकारीले त्यति बेला एएफपीलाई बताउनुभएको थियो । तिनीहरूले युएईका कानुन उल्लङ्घन गरेको पाइएको बताइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan