Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार |

सुदूरपश्चिम, २१ साउनः नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्रलाई पक्राउ गरिएको हो । निजले नेपाली सेनामा भर्ती गराइदिने भन्दै एक व्यक्तिबाट रु दुई लाख ४० हजार ठगी गरेको आरोप लागेको छ ।

    इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरी आज कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan