काठमाडौँ विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक डा. बराल नियुक्त
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |
काठमाडौं, २९ साउन । काठमाडौँ विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक डा. विवेक बराल नियुक्त भएका छन्।
विश्वविद्यालयको नेतृत्वका लागि उनलाई उपकूलपति पदमा नियुक्त गरिएको हो।
उनको नियुक्तिसँगै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नवनियुक्त उपकूलपति डा. बरालले विश्वविद्यालयको गुणस्तरीय शिक्षा, अनुसन्धान तथा समग्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
