रोल्पा पहिरो : हराएकाको खोजी जारी
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |
रोल्पा, २९ साउन : जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा बिहिबार राति खसेको पहिरोमा परी हराएकाको खोजी जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहिबार खसेको पहिरोमा परी मङरारुका ६४ वर्षीय लामी घर्ति अझै बेपत्ता हुनुहुन्छ ।
सोही वडाको फलबाङ्गमा खसेको पहिरोले पुरेर ३ जनाको मृत्यु भएको थियो । उनीहरूको शव बिहीबार नै घटनास्थलबाट निकालिएको थियो ।
