Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बसन्तको 'जुम्लेली हुम्लेली'मा आशिष र रश्मिलाको केमेन्ट्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काठमाडौं । गायक तथा संगीतकार वसन्त थापा मगरको स्वर रहेको गीत 'जुम्लेली हुम्लेली' सार्वजनिक गरिएको छ । थापाकै शब्द तथा संगीत समेत रहेको गीतले गाउँको सरल जीवनशैली र काठमाडौँ सहर प्रतिको आकर्षणलाई तुलना गरेको छ ।

'खानलाई मिठो लाउनलाई राम्रो, हामीलाई जस्तै होला रहर, आए है घुम्नलाई काठमाडौँ सहर' जस्ता हरफहरूले गाउँले मानिसहरूको सहर हेर्ने रहर र त्यहाँको आधुनिकता प्रतिको कौतुहलतालाई व्यक्त गर्दछ । पुर्खाले बनाएको ढुङ्गे धारा र गौरवमय इतिहासलाई पनि गीतले सम्झिएको भने गाउँको समस्या र शहरको सुबिधा समेत बर्णन गरेको छ ।

गीतको भिडियोमा चर्चित मोडल आशिष श्रेष्ठ, रश्मिला तामाङ, शिवशंकर रिजाल 'जोगिन्दर पानवाला', पोस्ना श्रेष्ठ  केही कोरस समेत प्रयोग गरिएको छ । पर्यटक र गाउले युवती बिचको प्रेम समेटिएको भिडियो सामन अधिकारीको निर्देशन गरेका हुन् ।

भिडियोले आधुनिक प्रविधिको गाउँसम्मको पहुँच र त्यसले जोडेको सम्बन्धलाई देखाउन खोजिएको छ । भिडियोमा कलाकार र केही कोरस डान्सर पनि प्रयोग गरिएको छ ।

भिडियोका छायांकन ऋतिक सिंह ठकुरीले गरेका हुन् भने सम्पादन सौखिन तिमिल्सिनाको रहेको छ । ग्रामीण पर्यटन र लोकसंस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको गति तथा भिडियोले दर्शकको मन जित्ने आस गायक थापाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan