जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक जना अझै बेपत्ता रहेको प्रिफेक्चरल सरकारले मङ्गलबार जनाएको छ ।
प्रिफेक्चरभरि दुई हजार ३०० भन्दाबढी घरमा क्षति पुगेको छ । बाढीका कारण करिब दुई हजार ७०० सवारीसाधन डुबेर सडकमा अलपत्र परेका छन् । यसबाट यातायात प्रभावित हुनुका साथै विभिन्न क्षेत्रमा सवारी जाम भएको छ ।
गत बिहीबारदेखि शुक्रबारसम्म चिबा प्रिफेक्चरमा कीर्तिमानी वर्षा भएको थियो । वर्षापछि जापानको मौसम विज्ञान विभागले प्रिफेक्चरका केही क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै उच्चतम तहको ‘लेभल–५’ आपत्कालीन चेतावनी जारी गरेको थियो ।
