Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |

गोरखा, ३ भदौः गोरखामा चट्याङ लागेर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । 

    चट्याङ लागेर घाइते भएका बारपाक सुलिकोट–७ बालुवाडाँडाका ३२ वर्षीय दिलबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको प्रदेश अस्पताल गोरखामा उपचारका क्रममा आज मृत्यु भएको हो । 

    चट्याङ लागेर सोही ठाउँका ४५ वर्षीय प्रेमबहादुर कुँवर घाइते भएका वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । उनको प्रदेश अस्पताल गोरखामै उपचार भइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan