Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |

काठमाडौं, भदौ ८ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।नेकपा र राप्रपाको समर्थनमा एमालेबाट विहीबार मुख्यमन्त्री बनेका थापाले आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापालाई १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आइतबार एक पत्र जारी गर्दै भदौ ८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

गत ३ भदौमा नेकपा, एमाले र राप्रपाबीचको सहमति र सहकार्यमा मुख्यमन्त्री थापाको नेतृत्वमा बागमती सरकार गठनका लागि दाबी पेस भएको थियो । त्यसको भोलिपल्ट ४ भदौमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नियुक्ति तथा शपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan