बालेनमा सर्वोच्च शक्ति भएको ज्योतिषीहरुको दावी : जुंगा फुलेका तीन नेताहरु प्रम बन्न नसक्ने पक्का
काठमाडौं, १९ भदौ । नेपाली राजनीतिमा नयाँ पुस्ताको उदयसँगै पुरानो राजनीतिक नेतृत्वको प्रभाव क्रमशः कमजोर बन्दै गएको बहस तीव्र बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह 'बालेन' प्रधानमन्त्री बनेपछि नेपाली राजनीतिमा देखिएको नयाँ राजनीतिक समीकरणले लामो समयदेखि सत्ताको वरिपरि घुमिरहेका पुराना नेताहरूलाई थप चुनौती दिएको छ ।
बालेन प्रधानमन्त्री बनेपछि उनको कार्यशैली, निर्णय क्षमता र जनतासँगको सम्बन्धलाई लिएर व्यापक चर्चा भइरहेको छ ।
परम्परागत राजनीतिक संस्कारभन्दा फरक ढंगले काम गर्ने, समस्या देखिएपछि त्यसको समाधानका लागि तत्काल निर्णय लिन खोज्ने र जनताको प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राख्ने उनको शैलीले नयाँ पुस्तामा आशा जगाएको उनका समथकहरूको दाबी छ ।
यही कारण बालेनको नेतृत्वलाई कतिपयले 'परम्परागत राजनीतिभन्दा बाहिरको प्रयोग' का रूपमा समेत व्याख्या गर्न थालेका छन् । बालेनको सबैभन्दा बलियो पक्ष उनको स्पष्टता मानिएको छ ।
राजनीतिक स्वार्थका लागि विषयलाई लम्ब्याउने निर्णय गर्नुअघि अनेक शक्ति केन्द्रको दबाब हेर्ने र जनतालाई आश्वासन मात्रै बाँड्ने परम्परागत शैलीभन्दा आफूले उचित ठानेको विषयमा स्पष्ट निर्णय लिने उनको प्रवृत्ति समर्थकहरूले रुचाएका छन् ।
काठमाडौं महानगरपालिकाको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका वालेनको राजनीतिक यात्राले छोटो समयमै ठूलो फड्को मारेको छ । यही पृष्ठभूमिमा केही ज्योतिषीहरूले बालेनको राजनीतिक भविष्य निकै शक्तिशाली रहेको दाबी गरेका छन् ।
उनीहरूले बालेनमा दीर्घकालीन नेतृत्व गर्ने योग रहेको भन्दै नेपाललाई नयाँ दिशामा लैजान सक्ने सम्भावना रहेको बताएका छन् ।
कतिपय ज्योतिषीय विश्लेषणमा उनलाई सिंगापुरका संस्थापक प्रधानमन्त्री लि. क्वान यूको राजनीतिक यात्रासँग तुलना गर्दै बालेनले पनि कठोर निर्णय, सुशासन र विकासमुखी शासनलाई प्राथमिकता दिएमा त्यस्तै प्रभावशाली नेतृत्व स्थापित गर्न सक्ने दाबी गरिएको छ ।
यद्यपि ज्योतिषीय भविष्यवाणीलाई वैज्ञानिक प्रमाणका रूपमा लिन सकिंदैन । तर, बालेनको राजनीतिक उदयले नेपाली समाजमा भइरहेको पुस्तान्तरणको संकेत भने अवश्य दिएको छ ।
लामो समयदेखि एउटै पुस्ताका नेताहरू सत्ता र पार्टी नेतृत्वमा रहँदै आएको अवस्थामा नयाँ पुस्ताले निर्णायक भूमिका खोजिरहेको छ । बालेनको उदय यही परिवर्तनको राजनीतिक अभिव्यक्ति भएको सम्पूर्ण नेपाली नागरिकको बुझाइ रहेको छ ।
यसैगरी, बालेनको उदयले सबैभन्दा ठूलो चुनौती भने लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आएका केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिएको देखिन्छ ।
यी तीनै नेता विभिन्न समयमा प्रधानमन्त्री बनेर देशको कार्यकारी नेतृत्व सम्हालिसकेका छन् । तर, पछिल्लो राजनीतिक परिवर्तनले अब पुराना अनुहारलाई मात्रै प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने जनमत कमजोर हुँदै गएको संकेत गरेको छ ।
यही कारण 'जुंगा फुलेका तीन नेता अब प्रधानमन्त्री बन्न नसक्ने पक्का' भन्ने राजनीतिक टिप्पणीले नेपाली राजनीतिमा एउटा गम्भीर प्रश्न उठाएको छ- अब प्रधानमन्त्री बन्नका लागि पुरानो राजनीतिक इतिहास पर्याप्त हुन्छ कि नयाँ पुस्ताको विश्वास जित्न सक्ने क्षमता ?
सर्वत्र चासोको विषय रहेको छ । अन्ततः बालेन 'नेपालका लि. क्वान यू' बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरा ज्योतिषीय गणनाले होइन, उनको शासनकालका परिणामले निर्धारण गर्नेछ । तर, एउटा कुरा भने स्पष्ट हुँदै गएको छ, नेपाली राजनीतिमा अब पुरानो पुस्ताको मात्र एकाधिकार रहने अवस्था छैन ।
बालेनको उदयले ओली, देउवा र प्रचण्ड चिनो देखाउँदै भविष्य बक्ताहरुको सरणमा पेगेका छन् । ज्योतिषीका अनुसार उनीहरुको राज्य सत्ताको जोग नरहेको ठोकुवा सार्वजनिक भएको खबर अर्पणमा उल्लेख छ ।
साथै ती ज्योतिषीहरुले बालेनको दुरदर्शी नेतृत्वमा देशको कायपलट हुने पनि बताएका छन् । आगामी दिनमा उनीहरूले फेरि प्रधानमन्त्रीको दौडमा आफूलाई स्थापित गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न खुला भए पनि नेपाली मतदाताको ठूलो हिस्साले भने अब नयाँ अनुहार, नयाँ सोच र परिणाममुखी नेतृत्वलाई नै रोज्ने प्रष्ट भईसकेको छ ।


