Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस)
newsabhiyan

भक्तपुर, १९ असोजः सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज बिहान आगलागी भएको हो ।

आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पुर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको जानकारी दिनुभयो ।

आगलागीबाट करिब ४० लाखभन्दा बढी क्षति प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरको छ ।

आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण  समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan