फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस)
काठमाडौँ, १९ असोज : नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषदमा नयाँ सदस्य थपिएका छन् ।
नेपाल फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नरिज बर्तौला नियुक्त हुनुभएको स्वास्थ्य तथा खाद्य सच्छता मन्त्रालयले जनाएको छ ।
नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता समक्ष नवनियुक्त सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको मन्त्रालयले जनाएको छ ।
