Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बन्दीपुर अस्पतालः अतिरिक्त समयमा ओपिडी सेवा लिने बढी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार | रासस

दमौली (तनहुँ), १४ असोजः तनहुँको बन्दीपुर अस्पतालमा नियमित समयभन्दा अतिरिक्त समयमा ओपिडी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको छ । अस्पतालले गत भदौ महिनामा कुल सेवाग्राहीमध्ये ५४ दशमलब ६० प्रतिशतलाई अतिरिक्त समयमा ओपिडी सेवा प्रदान गरेको छ । 

    सो महिनामा कुल दुई हजार ३१७ सेवाग्राहीले ओपिडी सेवा लिएका थिए । त्यसमध्ये एक हजार ५२ जनाले नियमित समयमा आएका थिए । एक हजार २६५ जनाले अतिरिक्त समयमा सेवा लिएको अस्पतालका प्रमुख डा अनिल गिरीले जानकारी दिनुभयो । 

    अस्पतालले कर्मचारी, विद्यार्थी, ज्याला–मजदुरी गर्ने वर्ग, व्यापार–व्यवसायी तथा गृहिणीलाई लक्षित गर्दै विसं २०८२ वैशाख १ गतेदेखि विस्तारित समयमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । 

    अस्पतालमा नियमित कार्यालय समयबाहेक बिहान र बेलुकी सेवा उपलब्ध हुँदै आएको छ । शनिबार, आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म ओपिडी सेवा सञ्चालन हुने व्यवस्था गरिएको डा गिरीले बताउनुभयो । 

    अस्पतालले विस्तारित ओपिडी सेवा सञ्चालन गर्नुको पछाडि कार्यालय समयमा अस्पताल आउन नसक्ने कर्मचारी, विद्यार्थी, मजदुर, व्यवसायी तथा गृहिणीलगायतका सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जनाएको छ ।

    भदौ महिनाको तथ्याङ्कले विस्तारित ओपिडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढेको देखाएको छ । विशेषगरी बिहानको समय तथा कार्यालय समयपछि अस्पताल पुग्ने सेवाग्राहीका लागि अतिरिक्त ओपीडी सेवा उपयोगी बनेको डा गिरीको भनाइ छ । 

    डा गिरीले भन्नुभयो, “विस्तारित समयसहितको निःशुल्क ओपिडी सेवाले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा पहुँचमा ठूलो राहत दिएको छ । विशेषगरी कार्यालय समयभन्दा अघिपछि सेवा उपलब्ध हुँदा उपचारमा ढिलाइ हुने समस्या घटेको र अस्पतालप्रतिको विश्वास बढेको देखिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan