Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

भोजपुर, १९ असोज  :  हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो परेको छ ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा किसानले खेतबारी खनजोत गरी हिउँदे आलु लगाउने कामलाई तीव्रता दिएका हुन् । 

छोटो समयमै उत्पादन लिन सकिने र स्थानीय बजारमा बिक्री गर्न सहज हुने भएपछि किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

जिल्लाका बोखिम, दावा, पोखरे, टक्सार, कोट, दलगाउँलगायतका क्षेत्रमा हिउँदे आलुको खेती हुँदै आएको छ ।

किसानले आफ्नो खेतबारीमा अन्य बालीको तुलनामा कम समयमै उत्पादन लिन सकिने भएकाले आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।

स्थानीयस्तरमा उत्पादन भएको आलु भोजपुरका बजारमा खपत हुनुका साथै छिमेकी जिल्ला तथा तराईका बजारसम्म पुग्ने गरेको किसान बताउँछन् ।

बजारमा माग राम्रो हुने र समयमै उत्पादन गरेर बिक्री गर्न सके आम्दानीसमेत राम्रो हुने भएकाले किसानले आलु रोपाइँलाई प्राथमिकता दिएका हुन् ।

भोजपुर नगरपालिका–४ सिद्धेश्वरका स्थानीय किसान यगिन्द्रबहादुर विष्टले समयमै रोपेको आलुले राम्रो मूल्य पाउने भएकाले अहिले आलु लगाउने काममा व्यस्त रहेको बताउनुभयो ।

 “अलि चाँडै रोपेको आलु बजारमा पुर्याउन सकियो भने राम्रो मूल्य पाइन्छ”,उहाँले भन्नुभयो, “त्यसैले अहिले खेतबारी तयार गरेर आलु रोप्ने काममा लागेका छौँ ।”

भोजपुरमा हिउँदे आलु मुख्यतः तरकारीका रूपमा प्रयोग हुने गरेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । 

जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको केन्द्रले जनाएको छ । आलुखेतीबाट छोटो अवधिमै उत्पादन लिन सकिनु साथै बजारको मागसमेत राम्रो रहेको छ ।

जिल्लाका विभिन्न क्षेत्र आलुखेतीका लागि उपयुक्त वातावरण भएकाले आगामी दिनमा यसको क्षेत्र विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan