Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजु भट्टराईका लागि पशुपालन दैनिकीको अभिन्न हिस्सा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस)
newsabhiyan

दाङ, २० असोजः राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाईगोरुको हेरचाहमा व्यस्त हुनुहुन्छ ।

हाल उहाँले फाउन्डेशनमा रहेका ६०० गाईगोरुको हेरचाह गर्दै आउनुभएको छ । गाईगोरुको सङ्ख्या ठूलो रहेकाले फाउन्डेशनले सहयोगका लागि केही कर्मचारीसमेत राखेको छ ।

कर्मचारीको उचित परिचालन र कामको बाँडफाँड गर्ने जिम्मेवारी पनि भट्टराईकै छ । गाईगोरुलाई दानापानी खुवाउनेदेखि चरनका लागि लैजानेसम्मका कामको नेतृत्व उहाँले नै गर्नुहुन्छ ।

लामो समयदेखि गाईगोरुको हेरचाह गर्दै आएकाले फाउन्डेशनमा रहेका गाईगोरु उहाँले बोलाउँदा जता बोलाए पनि त्यतै पुग्ने गरेको उहाँ बताउनुहुन्छ । “मैले जहाँ बोलाएँ, त्यहीँ गाईगोरु आउँछन्”, उहाँले भन्नुभयो, “गाईगोरुले मेरो भाषा बुझ्छन् ।”

ठूलो सङ्ख्यामा रहेका चौपायालाई उचित व्यवस्थापन गर्न भने निकै समस्या रहेको उहाँको गुनासो छ । विशेषगरी गाईगोरुलाई खुवाउने घाँस र पराल पर्याप्त नहुँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।

केही दिनअघि मात्रै विश्वविद्यालयको जग्गा लिजमा लिएका एक व्यक्तिले घाँस उपलब्ध गराइदिएपछि गाईगोरुलाई घाँस खुवाउन सहज भएको उहाँले बताउनुभयो । गाईगोरु देख्दा नै आफूलाई खुसी लाग्ने गरेको भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan