Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गणतन्त्रका मसिहाहरू घायल, चुनावमा यी तिनै जना, तिन पार्टी किनारा पुगे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
newsabhiyan

काठमाडौं, २० असोज । माओवाद बिसाएर जनयुद्धका नायक प्रचण्ड अस्तित्वक्षाका खातिर नेकपा गठन गर्न पुगेका छन् । प्रचण्ड भन्छन्– जनयुद्धको उपलव्धि भनेकै गणतन्त्र हो । गणतन्त्र ल्याउन प्रचण्डलाई साथ र सहयोग गर्ने पार्टी नेपाली कांग्रेस र एमाले हो ।

अर्थात् प्रचण्ड, देउवा र ओली गणतन्त्रलाई ठूलै उपलव्धि मान्छन् । तर, गणतन्त्रात्मक शासन आलोपालो, मिलिजुली चलाउँदा चलाउँदै सिद्धान्त, नीति, निष्ठा र नैतिकतासमेत समाप्त पारेपछि जेनजी पुस्ताले बिद्रोह ग¥यो ।

जनता जेनजी पुस्ताको समर्थनमा जुटेपछि प्रचण्ड साग ओइलाएझैं ओइलाए, देउवा रगतपच्छे भएर कुटाइ खाएर भाग्नुप¥यो, ओलीले सत्ताको सिंहाशनबाटै सेनाको शरणमा पुगेर ज्यान जोगाउनु प¥यो । गत फागुन २१ को चुनावमा यी तिनै जना, ३ पार्टी किनारा पुगे ।

जनतालाई हेप्न सकिन्छ, जनता जागेपछि कसैको केही नलाग्ने रहेछ, जनताले परिवर्तन ल्याउने रहेछन् भन्ने प्रमाण जेनजी विद्रोह हुनपुग्यो ।

कांग्रेस, एमाले र नेकपाको निष्कर्ष छ, दशैं तिहारपछि सडकमा आगो नबाली, ६ लाख जनतालाई सडकमा नउतारी बालेन सरकार ढल्दैन ।

रास्वपाको बहुमतलाई मात दिएर बालेन सरकार ढाल्न कमजोर विपक्षी बन्नपुगेका कांग्रेस, एमाले र माओवादीले संसद, सडक, सामाजिक सञ्जाल सबैतिर बेजोडको बिरोध गरिरहेका छन् । तर प्रम बालेन साह एउटा कानले बिरोध सुनेर अर्को कानले उडाइदिन्छन् ।

बालेन साहको सातो खाइरहेका विपक्षीको अनुमान थियो– राष्ट्रसंघको मञ्चमा बालेन साह उभिन पनि सक्दैनन्, बोल्दा लरबराउने छन्, नेपालको बेइजत हुनेछ र अझ तीब्र बिरोध गरेर जनतालाई सरकारविरूद्ध उराल्न सकिने छ । तर भयो उल्टो ।

बालेन साहले धारा प्रवाह रूपमा जलवायु परिवर्तन, कार्वन उत्सर्जन, हिमालमाथिको खतरा र नेपालले महगो मूल्य चुकाउनु परेको र मानवीय समस्यामा जेलिन पुगेको अभिव्यक्ति दिएपछि ३६ वर्षे कान्छो प्रधानमन्त्री विश्वसमाचारमा छाए ।

यसवर्ष राष्ट्रसघमा बोल्ने बालेन साहलाई विश्वजनमतले पहिलो नम्बरमा रूचायो, त्यसपछि इरान र तेश्रो नम्बरमा अमेरिकी राष्ट्रपतिको चर्चा रह्यो ।

अर्थात्, नेपालका प्रम बालेन साहले विश्वको मन जित्यो । नेपालले भोग्नु परेको भोटेकोशीको बाढी, बाढीबाट मानवीय क्षति र अकल्पनीय विपद्बारे विश्वलाई सावधान गराउने काम प्रम बालेन साहले गरेका छन् ।

विपक्षीहरू भन्नलाई जसले पनि त्यही बोल्थे भने पनि बालेन साहबाट विपक्षीहरू आत्तिन पुगेका छन् । यसैवीच पूर्व प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको षडयन्त्रको जालोमा देउवा, प्रचण्ड र ओली परेको खुलासा हुनपुग्यो ।

कांग्रेसको नेतृत्व देउवाको हातमा हालिदिने, ओलीलाई प्रधानमन्त्री बनाइदिने, प्रचण्डलाई पुरानै शक्तिमा फर्काइदिने र चोलेन्द्र राष्ट्रपति बन्ने यो षडयन्त्रको पर्दाफास भएपछि पूर्व प्रधानन्यायाधीश पक्राउ परे, अक्क न बक्क भएर सुरक्षा मागेको अर्थमा मौन बस्न बाध्य भएका छन् ।

षडयन्त्रका अर्का साझेदार दीपक भट्टलाई काठमाडौंबाट धुलिखेल जेल सरूवा गरियो । यी घटनाले पूर्व शासकहरू प्रचण्ड, देउवा र ओली कति कमजोर भइसकेछन् भन्ने सबैले बुझ्न पाएका छन् ।

विश्लेषक भन्छन्, ५ वर्ष रास्वपा र बालेनले शासन गरे भने आफ्नो राजनीतिक जीवन सकिने र पुराना भ्रष्टाचारका फाइले खुलेर जेलमा कोचिनुपर्ने खतरा यिनले देखेका हुन् ।

यहीकारण बालेन सरकार ढाल्न न्वारानदेखिको बल लगाएका थिए । यो षडयन्त्रको मुखुण्डा उतार्न सफल भएपछि प्रम बालेन अझ शक्तिशाली भएका छन् र भ्रष्टाचारका फाइल खोलेर जो कसैलाई जेल कोच्ने रणनीतिमा अग्रसर भएका खबर आइरहेका खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।

यही खतरावोध गरेर यी तिनै पार्टी नेताहरू ससाना पार्टीहरूलाई जुटाएर सडक आन्दोलनमा उत्रने जोरजाम गरिरहेका देखिन्छन् ।

बालेन निकट भन्छन्– संविधान संशोधन हुन्छ, कार्यकारी प्रधानमन्त्रीसहित प्रजातन्त्र रहन्छ, गणतन्त्र विदा हुन्छ ।

संघीयता रहदैन, संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र कायम हुनेछ ।

अहिले गणतन्त्रका मसिहाहरू घायल भएका छन्, यिनका साथै गणतन्त्र नै सकिने संकेत देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan