Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रा सहित तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
newsabhiyan

काठमाडौं, २० असोज : काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट करिब १ सय ४० ग्राम तौलको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार १ थान सहित नवलपरासी पश्चितम प्रतापपुर गाउँपालिका-१ सिसनिया घर बताउने ३१ वर्षीय योगेन्द्र प्रसाद चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको   हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

सिन्धुली, कमलामाई नगरपालिका-१४ तल्लो रानीबास क्षेत्रबाट करिब ६ किलोग्राम तौलको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ६० वर्षीय सोम बहादुर माझी भन्ने पोरे माझी र महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ६० वर्षीय चित्र बहादुर विश्वकर्मा रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय सिन्धुली पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan