Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मानवताका लागि कला’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

काठमाडौँ, २० असोज : भोटेकोशी नदी बाढी प्रभावितको राहत तथा पुनःस्थापना सहयोगार्थ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजबामट ‘मानवताका लागि कला’  प्रदर्शनी सुरु भएको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सीर्जित प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई आवश्यक राहत, सहयोग र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग सङ्कलन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
    
प्रतिष्ठानका कुलपति एरिणा ताम्राकारले मानवीय दायित्व र सामूहिक ऐक्यबद्धताको भावनाको सम्मान गर्दै प्रदर्शनी राखिएको जानकारी दिनुभयो । प्रदर्शनीमा कलाकार, कला प्रेमी र सांस्कृतिक संस्थाको सहभागिता छ । कलाकृति बिक्रीबाट उठेको रकममध्ये ७०% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र १० % रकम कलाकार राहत कोषमा र २० प्रतिशत रकम कलाकारलाई प्रदान गरिने  छ ।

प्रदर्शनीमा १६० भन्दा बढी कलाकारका परम्परागत कला, लोककला, चित्रकला, रेखाचित्र, मूर्तिकला, सेरामिक्स, फोटोग्राफी, प्रिन्टमेकिङ, इन्स्टलेसन, मिक्स मिडिया, डिजिटल कला, अन्य दृश्यलगायतका विविध विधाका २०० भन्दा बढी कलाकृतिहरू प्रदर्शितमा छन् । प्रदर्शनी  असोज २८ गतेसम्म चल्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan